रंजनीमा भएकाे आगलागीबाट ५ लाख बराबरको क्षति

रंजनीमा भएकाे आगलागीबाट ५ लाख बराबरको क्षति

विराटनगर, २४ माघ । मोरङको रंगेली नगरपालिका-३ रंजनीमा   अग्नी प्रसाद पनेरुको गाई गोठमा गएराती आगलागी हुँदा  ५ लाख मूल्य बरबारको क्षति भएको छ । राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो ।  आगलागीबाट गोठमा भएको सखुवाको चिरान काठ ६ सय थान, क्लवको प्लाष्टिकको कुर्सी ५० थान, गिलास ५० थान, प्लेट एकसय थान र गोठ नजिकै रहेको ३ बिगा खेतको परालको टाल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।  आगाे  दमकल, प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्