बिराटनगरमा भोलिदेखि दुई दिने शैक्षिक मेला हुदै

<span class='c1'>बिराटनगरमा भोलिदेखि दुई दिने</span> <span class='c2'>शैक्षिक मेला हुदै</span>

नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगर स्थित होटल नमस्कारमा पाँचौ संस्करणकाे शैक्षिक मेला आयोजना हुने भएको छ । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने जानकारी दिने उदेश्यले मेलाको आयोजना गर्न लागएको जनाइएको छ ।

मेलाको मुख्य प्रायोजक प्रसिडेन्सियल विजनेस स्कूल रहेको छ । आगामी शुक्रबार र शनिबार २ दिन विहान १० बजेदेखि सा“झ ५ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यँलय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसंग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् । त्रिभुवन विश्वविद्यालयको महेन्द्र मोरङ बहुमुखी क्याम्पस लगायतले पनि परामर्श दिनेछन् ।

बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिसीए, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स  लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुनेछन् । मेलामा २५ भन्दा बढी कलेजहरु सहभागि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्