बुहारीले ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु

बुहारीले ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु

ओखलढुंगा, २४ माघ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।   अंशबण्डाको विषयमा  विवाद हुँदा गुरुङको आफ्नै वुहारी बर्ष ३० की तारादेबी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको बारेमा प्रहरी कार्यालय ओखलढुंगा र बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट गएकाे प्रहरी टोलीले बुहारी गुरुङलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्