विराटनगरका सबै निजि शैक्षिक संस्था बन्द , किताव बोकेर निस्किएका विद्यार्थी गेटबाटै फर्कन बाध्य

विराटनगरका सबै निजि शैक्षिक संस्था बन्द , किताव बोकेर निस्किएका विद्यार्थी गेटबाटै फर्कन बाध्य

प्रेम देवान
विराटनगर २४ माघ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् ।
यता विराटनगर भित्री रहेका निजि तथा सरकारी शैक्षिकसंघ सस्थाहरु आज ठप्प छन् । बिहीबार विहानैदेखी घरबाट व्याग बोकेर निस्कीएका विद्यार्थीहरु स्कुल गेटबाटै घर फर्कन बाध्यभएका छन् ।

विराटनगरमा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा विज्ञप्ती प्रकाशित गरी बन्दको आव्हान गरेका छन् । बन्दले आज विराटनगरका निजी शैक्षिक संस्थाहरु ठम्प रहेका छन् । मोरङ जिल्ला भरी रहेका २ सय ४२ निजि विद्यालयहरु मध्ये महानगर भित्र रहेका ६९ वटा विद्यालय बन्द रहेको प्यासन मोरङका सचिव प्रेम सुवालले जानकारी दिनुभयो । विराटनगरका बाहिरका केही निजि विद्यालय खुला रहे पनि अधिकांस बन्दको प्रभाव परेको सचिव सुवाले बताउनुभयो ।

यसरी पढाई बन्द गरेर शैक्षिक बन्द हट्ताल गरिनुले विद्यार्थीको पढाईमा असर पर्ने सुवालको भनाई छ । स्कुल तथा कलेजमा अप्रिय घटना नघटोस भनेर मोरङ प्रहरीले प्रत्येक स्कुल – स्कुलमा सुरक्षा परिचालन गरी निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्