प्रेम दिवस सप्ताह अर्थात भ्यालेनटाईन डे विक सुरु भयो , प्रेम दिवस सप्ताहका दिनहरु यस्ता !

प्रेम दिवस सप्ताह अर्थात भ्यालेनटाईन डे विक सुरु भयो , प्रेम दिवस सप्ताहका दिनहरु यस्ता !

प्रेम देवान

विराटनगर २४ माघ ।

विश्वमा हरेक दिवस आ– आफ्नै तरिकाले मनाउने चलन छ । त्यस मध्ये पनि प्रेम दिवस अर्थात भ्यालेटाईन् डे विशेष तरिकाले मनाउने चलन छ । खास गरी यो दिवसलाई किशोर किशोरीहरुले विशेष प्राथमिकतामा राखेर मनाएको पाईन्छ । हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईदै आएको भ्यालेटाईन डेलाई साप्ताहिक रुपमा मनाउने गरेको पाईन्छ । फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता अगाडी बाट नै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरि देखि १४ फेब्रेअरीसम्म लाई प्रेम सप्ताह भन्दा फरक नपर्ला । प्रेम सप्ताहको ७ विषेश दिनहरुलाई यसरी प्रस्तुत गरिएको छ ।

७ फेब्रअरी रोज डे : रोज डे (गुलाफ दिवस) ले पे्रम दिवस सुरुभएको संकेत गर्दछ । फुल सबै भन्दा प्रिय चिज मानिन्छ, त्यस मध्ये गुलाफको फुल प्रिय मानिन्छ । प्रेम सप्ताहको पहिलो दिन आफुले माया गरेको मान्छे लाई गुलाफ दिएर माया साटासाट गर्दछन् । शब्दमा गर्न नसकिएको प्रेम लाई गरलाफ दिएर पनी ब्यक्त गर्न सकिन्छ । बिशेष गरी रातो गुलाफ लाई प्रेमको प्रतिक मानिन्छ । बजारमा विभिन्न रङका गुलाफहरु देखिन्छ । फरक रङको गुलाफले फरक अर्थ दिने मानिन्छ ।

८ फेब्रअरी प्रपोज डे :प्रेम सप्ताहको दोश्रो दिन हो प्रपोज डे अथार्त प्रस्ताव दिवस । बर्षै देखि ब्यक्त गर्न बाँकी प्रेम प्रस्ताव तपाई प्रपोज डे को दिन राख्न सक्नुहुन्छ । आफुले मन पराएको मान्छेलाई गुलाफ दिँदै उ प्रतिको आफुनो भावना चाहाना मायाको महशुस ब्यक्त गर्न सकिन्छ ।

९ फेब्रअरी चक्लेट डे :चक्लेट डे अथार्त चक्लेट दिवसको दिन आफ्ना नजिकका र प्रियजनहरुलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम सप्ताहको तेश्रो दिन आफुले माया गरेको मान्छेलाई मुटु आकारको चक्लेट दिने चलन छ । चक्लेट जस्तै मिठो सम्बन्ध बनोस भनेर यो दिन चक्लेट सकटासाट गरेर मनाईन्छ ।

१० फेब्रअरी टेड्डी डे : टेड्डीहरु प्रिय ब्यक्तिलाई दिने सबैभन्दा प्रिय उपहार मानिन्छ । मानिसहरु टेडे्डी सँगै आफ्नो विभिन्न आवेगहरु जस्तै रिस, खुसी, माया, सम्झना, पिर आदि टेडे्डी सँगै शेयर गर्ने गर्छन् । जस्तै खुशी हुदाँ टेडे्डी लाई किस गर्ने, कसैलाई सम्झिदा अगाँल्ने, रिस उठ्दा कुच्याउने आदि । प्रेम सप्ताहको चौथो दिन प्रेमीहरु आफ्ना प्रियजनहरुलाई टेड्डी उपहार दिन्छन् ।

११ फेब्रअरी प्रोमिस डे : प्रोमिस(बाचा) गर्न सजिलो हुन्छ तर पुरागर्न भने निकै मेहेनत गर्नुपर्छ । प्रिय मान्छेसँग बाचा गर्नु भन्दा पनि आफ्नो माया र स्नेह उचित ढंगमा ब्यक्त गर्नु राम्रो मानिन्छ । बाचा गर्नु राम्रो हो तर अघिल्लो बाचालाई पुरा गरेर मात्र अर्काे बाचा गर्नु ठिक हुन्छ । जसले तयाइको सम्बन्ध बलियो बनाउन सहयोग गर्छ ।

१२ फेब्रअरी हग डे :प्रेम सप्ताहको अर्काे एक महत्वपुर्ण दिन हग डे (अंकमाल दिवस) हो । अंकमाल न्यानो र आकर्षक भावना हो, जसले एकअर्कालाई आनन्दित बनाउछ । मनपराएका सँग मात्रै हैनकी आफ्नो नजिकका र प्रियजनहरुसँग पनी हग(अंकमाल) गर्दै खुशी बाड्न सकिन्छ । एउटा प्यारो अंकमालले जो कसैको दिन उज्वल बनाउन सक्छ । अंकमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो ।

१३ फेब्रअरी किस डे: किस(चुम्बन) प्रेम देखाउने सबै भन्दा मिठो रुप हो । तपाई फरक शैलीमा प्रेम अभिब्यक्त गर्न सक्नुहुन्छ तर चुम्बन प्रेम अभिब्यक्त गर्ने उत्तम तरकिा हो । किस विभिन्न प्रकारका हुन्छन जस्तै फ्रेन्च किस,लिप टु लिप किस, फरहेड किस आदि । फरहेड किस लाई हेरचाह गर्ने चिन्हको रुपमा मानिन्छ भने फरहेड किस जिम्मेवार हुनसको चिन्ह पनि हो । किस डे प्रेम सप्ताहको छैठौँ दिनमा पर्छ ।

१४ फेब्रअरी भ्यालेनटाइन डे : भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम गर्नेहरुले ब्ग्रता पुर्वक कुरेको दिन । प्रेम गर्न कुनैको जरुरी हुदैन र प्रेम एक दिन मात्र हुदैन । तर सबै दिन खर्चेर यो एक दिनलाई महत्वपुर्ण र स्मरणिय बनाउन सकिन्छ । भ्यालेनटाइन डे मा प्रेमिहरु एक अर्कालाई खुशी बनाउन मनपर्ने गिफ्टहरु साट्ने, मनपर्ने ठाँउमा घुम्न जाने, सरप्राइज दिने गर्छछन् । प्रेम दिवशको ईतिहास यस्तो छ यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू.२७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । माया गर्ने हरेक मनहरुलाई प्रेम दिवसको शुभकामना । यो प्रेमसप्ताहको हरेक दिन स्मरणिय बनोस । तपाइको प्रेम अमर बनोस । यही छ प्रेमको तर्फबाट प्रेम दिवशको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्