प्रदेश १ मन्त्री परिषदको निर्णय : समृद्ध प्रदेश–हरित अभियान संचालन, राष्ट्रपतिले शुभारम्भ गर्ने

प्रदेश १ मन्त्री परिषदको निर्णय : समृद्ध प्रदेश–हरित अभियान संचालन, राष्ट्रपतिले शुभारम्भ गर्ने

विराटनगर, २४ माघ ।
प्रदेश १ सरकारले समृद्ध प्रदेश हरित अभियान संचालन गर्ने भएको छ । कार्यक्रम संचालन गर्ने बारेमा बिहिवार बसेको मन्त्री परिषदले स्वीकृत प्रदान गरेको छ ।

प्रदेश १ मन्त्री परिषदको आज बसेको बैठकले भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रस्ताव ल्याएर समृद्ध प्रदेश हरित अभियानको अगाडि बढाउन कार्यक्रम स्वीकृत प्रदान गरेको प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । यो अभियानलाई संयूक्त रुपमा अगाडि बढाईने समेत प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले २५ गते चतराधाममा शुरु हुने तारक ब्रम्हा महायज्ञसँगै जोडेर राष्ट्रपतिबाट यो अभियानको शुभारम्भ गर्ने तयारी गरेको मन्त्री कार्कीले बताए । अभियानको घोषणा भएसँगै भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट संयुक्त रुपमा यो कार्यक्रमलाई अगाडि बढाईने मन्त्री कार्कीको भनाई छ । कार्यक्रमलाई अगाडि बढाउनको लागि प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेलाई जिम्मेवारी दिईएको छ । त्यस्तै मन्त्री परिषदको बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट प्राप्त भएको प्रदेश पर्यटन विकास गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयकलाई संसदमा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्