सुनसरी, २४ माघ । सुनसरीको देवानगंज-३ नयाँ हटियामा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । वुधवार साँझ साढे ६ बजे कप्तानगंजबाट-देवानगंजतर्फ आउदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ५० बर्षीय मेहतालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा आज बिहान गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।