विराटनगरमा महिला संघले सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने

<span class='c1'>विराटनगरमा महिला संघले सरकार</span> <span class='c2'>विरुद्ध विरोध प्रदर्शन गर्ने</span>

विराटनगर, २४ माघ । महिला संघ मोरङले शुक्रवार विराटनगरमा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाग्न थालेको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो ।

महिला संघ मोरङले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी विरोध प्रदर्शन गर्नेबारे जानकारी दिएको हो । भ्रष्टाचार, महँगी, बलात्कार बढेको भन्दै महिला संघ मोरङले विराटनगरमा विरोध प्रदर्शन गर्न लागेको महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेलले जानकारी दिईन् ।
यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको भन्दै महिला संघले विरोध गर्ने विज्ञप्तीमा जनाइएको छ । विरोध ¥याली पछि आयोजित कार्यक्रमलाई मोरङका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकरी दिइएको छ । महिला संघले भोलि ७७ वटै जिल्लास्थित सदरमुकाममा सरकार विरोधी प्रदर्शन गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्