दाङमा भएको दुर्घटनामा एक जनाको मृत्यु, प्रदेश सांसद सहित १४ जना घाईते

<span class='c1'>दाङमा  भएको दुर्घटनामा एक जनाको मृत्यु,</span> <span class='c2'>प्रदेश सांसद सहित १४ जना घाईते</span>

दाङ, २५ माघ । दाङमा बिहिरबार बेलुका ५ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका छन्।

लमही–घोराही सडक खण्डको चिसापानीमा बस र कार एक आसपमा ठोक्किदा भएको दुर्घटनामापरी बसमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका छन्।

रुकुम मुसिकोट गाउँपालिका वडा नं. २ निवासी ३६ बर्षिय रमिता शर्माको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए। तुलसीपुरबाट बिरगञ्ज जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानी घुम्तिमा ठोक्नि पुग्दा दुर्घटनामा परेको हो।बस सडक देखी केही तल खसेको छ । बसमा सवार १२ यात्रु र कारमा सवार २ जना गरी १४ जना घाईते भएको प्रहरीले जनाएको छ । सांसद ओली र तुलसीपुर उपमानगरपालिका वडा नं. ६ निवासी लिला विक संगै कारमा सवार थिए। सांसद ओलीको टाउँकोमा, हातमा, खुट्टामा गम्भिर चोट लागेको छ ।‘टाउँकोमा चोट छ । जसले गर्दा उहाँ बेहोस हुनुहुन्छ । हात भाँचिएको छ’डाक्टर भुसालले भने–‘यहाँ एक्सेरे गर्न पाइएन । भित्र रगत जमेको भए तत्कालै सल्यकृया गर्नुपर्छ।’

दुर्घटनामा परी बसमा सवार तुलसीपुर–६ निवासी ३६ बर्षिय लेखनाथ न्यौपाने, रोल्पा रुन्टीगढी–१ निवासी १९ रेशम पुन घाईते भएका छन् । यस्तै भारत बलरामपुर घर भएका ४० बर्षिय मोहमद मादुक, सारदा नगरपालिका वडा नं. १४ सल्यान निवासी ३६ वर्षीय शुशिल धिताल, राप्ती गाउँपालिका वडा नं. १ पाखापानी निवासी ५९ बर्षिय लोकमणी ज्ञवाली, सोही ठाउँ निवासी ५० बर्षिय निमराज ज्ञवाली घाईते छन्। यस्तै भारत बलरामपुरका १५ बर्षिय रावल कुमार, ४५ बर्षिय लगन देव, १८ बर्षिय रामसागर कुमार यादव, २५ बर्षिय उपेन्द्रकुमार यादव, ५० बर्षिय रामविनोद सहानी, २५ बर्षिय राजेश साह घाईते भएका छन्।

घाईते मध्य सांसद ओलीलाई थप उपचारको लागी नेपालगञ्ज लगिएको छ। यस्तै लोकमणी ज्ञवालीलाई बुटवल उपचारको लागी लगिएको र अन्यको लमही अस्पताल, फलोरेन्स अस्पतालमा उपचार भैरहेको छ।

सांसद ओली र लिला विक संगै एउटै कारमा बुटवलबाट दाङ फर्कदै थिए। सिमसिम पानी परिरहेको थियो। चिसापानी नजिक लामो घुम्ति छ । सोही घुम्तिमा बस र कार एक आपसमा ठोक्किन पुग्दा घटना भयो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। सांसद ओली आफैले कार चलाएका थिए। दंगिशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद ओली गत बर्ष भएको प्रदेश सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३(२) बाट निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्