प्रेमीकासंग मिलेर श्रीमति हत्या गर्ने पुरुष कारागार

प्रेमीकासंग मिलेर श्रीमति हत्या गर्ने पुरुष कारागार

बुटवल, २५ माघ । पश्चिम नवलपरासीमा केहि दिन अघि  परपुरुष संग लागेको आरोप लगाउँदै र आफु पनि परस्त्री महिला संग लाग्दै श्रीमतिको हत्या गर्ने श्रीमान्   र ससुरा पुर्वक्षका लागि थुनामा कारागार चलान भएका छन ।जिल्लाको वर्दघाट नगरपालिका ४ चिसापानीका २१ ब्र्षिय सुनिल चौधरीले सोही उमेरकी श्रीमति कमला चौधरीलाई गाँठी निमोठेर हत्या गरी चिसापानी जंगलमा स्याउलाले छोपेर  फालेका थिए । उनको शव घरबाट बेपत्ता भएको ४ दिन पछि पुस १७ गते  दाउरा घाँस गर्न पुगेका स्थानियले देखे पछि  प्रहरीलाई खबर गरेका थिए ।

श्रीमतीको हत्या गरी  महिलालाई मोवाईलमा–‘ मैले बुढी मारें’ भनेर  एसएमएस गरेको देखे पछि उनका हत्या अभियोगी श्रीमान पक्राउ परेका थिए । लगत्तै प्रेमीका भनिएकी महिला र बुहारीको हत्या घटना दवाउनमा सहयोग पुराउने ससुरालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रबक्ता प्रहरी निरीक्षक बालिस्ट सिंहले ती  प्रेमीका भनिएकी महिलालाई ४० हजार धरौटीमा छाडिएको, हत्या अभियोगी र मतियारका रुपमा रहेका उनका बावुलाई अदालतले पुर्वक्षका लागि थुनामा पठाएको जानकारी दिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्