झापाकाे भद्रपुरमा टेम्पाे दुर्घटना, ४ जना घाईते

झापाकाे भद्रपुरमा टेम्पाे दुर्घटना, ४ जना घाईते

झापा, २५ माघ । झापाको भद्रपुर नगरपालिका-१ हिमाली चोकमा   टेम्पो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चारआली-केचना सडक खण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको मे १ ह ३५९१ नं.को टेम्पो आँफै अनियन्त्रित भई  दुर्घटना भएको थियो ।
दुर्घटनामा टेम्पोका चालक भद्रपुर नगरपालिका-६ बस्ने वर्ष ५३ की निन्दु माझी, वर्ष ३ की रैनी माझी, झापा कचनकबल गाउँपालिका-१ बस्ने वर्ष ४० की आमोदी माझी र तत्काल वतन नखुलेको बर्ष ५० की फूलमुनिया साह घाइते भएका हुन् । दुर्घटनामा घाइते सबैलाई उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टेम्पो र चालकलाई प्रहरीको नियन्त्रणमा राखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्