कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिए

कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिए

धरान, माघ २५ गते । कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो ।

पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका लागि करिव रू ३५ करोड खर्च लाग्ने र यसका लागि कार्यालय स्थापना गरेर काम अघि बढाउन लागिएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले बताउनुभयो । उक्त केन्द्रमा व्यायमशाला, सवारी साधन पार्किङ, स्वीमिङ पुल, खाजा घरदेखि मनोरञ्जनसहित थुप्रै सुविधा हुने बताइएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्न र चालकको आरामका लागि उक्त केन्द्र बनाउन यही माघ २ गते मन्त्रिपरिषद् बैठकले एक करोड ६८ लाखको लागतमा सो केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

उक्त केन्द्र स्थापनाका लागि कोशी गाउँपालिकाले पूर्व–पश्चिम राजमार्गको उत्तर दक्षिण १३ बिगाहा जमिन अधिग्रहण गर्नाका साथै रू ५० लाख लगानी पनि गरिसकेको कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्