विराटनगरमा दुई दिने शैक्षिक मेला, विद्यार्थीलाई आकर्षक उपहार ( फाेटाे फिचर)

विराटनगरमा दुई दिने शैक्षिक मेला, विद्यार्थीलाई आकर्षक उपहार ( फाेटाे फिचर)

विराटनगर, २५ माघ । विराटनगरमा शुक्रवारदेखि दुई दिने शैक्षिक मेला शुरु भएको छ ।  नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरको होटल नमस्कारमा पाँचौ संस्करणको शैक्षिक मेला आयोजना गरिएको हो ।

मेलामा विराटनगरबाट मात्र नभई ईटहरी धरान सहित शहरका पुर्बी क्षेत्रका विद्यार्थीहरुको उपस्थित रहने छ ।
उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा त्यसलाई केही हदसम्म रोक्न मेला सफल हुने आयोजकले जनाएको छ ।
स्वदेशमै उच्च शिक्षा हाँसिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने जानकारी दिने उदेश्यले मेलाको आयोजना गरिएको शैशिक मेला आयोजक समितिका संयोजक जीवन लामाले जानकारी दिए ।
शुक्रवार र शनिवार २ दिनसम्म संचालन हुने मेला विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने छ । मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्रािष्ट्रय विश्वविद्यालयसंग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् । त्रिभुवन विश्वविद्यालयको महेन्द्र मोरङ बहुमुखी क्याम्पसले पनि मेलामा स्टल राखेको छ ।
मेलामा बिद्यार्थीहरुको लागि आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको आरोजकले जनाएको छ । मेलामा बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिसीए, बिबिएस, बिएस्सी, सिएसआईटी लगायत कोर्ष पढ्न चाहने बिद्यार्थीेले मेलाबाट फाईदा लिन सक्नेछन् । मेलामा २५ भन्दा बढी कलेजहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्