पर्यावरण जोगाउन ‘राईड टु कोशीटप्पु’ साइकल र्‍याली

पर्यावरण जोगाउन ‘राईड टु कोशीटप्पु’ साइकल र्‍याली

उदयपुर, २५ माघ ।  पर्यावरण र पर्यटन विकासका लागि उदयपुरका पहिलोपटक 'राईड टु कोशीटप्पु २०७५' को यात्रा शुक्रबार सुरु भएको छ। स्वस्थ रहन र पर्यावरण जोगाउनका निम्ति देशैभरका साइकल प्रेमीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरे।

उदयपुर जिल्ला साइकिलिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा भोली सकिने छ। स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको छ।

त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापा (स्वस्ति), नेपाली सेनाको १८ नं. वाहिनीका बाहिनीपति हिमांसु खड्काको सहभागी थियो। कार्यक्रम साइकिलिङ प्रतिष्पर्धात्मकभन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहेको जिल्ला साइकिलिङ संघका अध्यक्ष जितेन्द्र रोईलाले जानकारी दिए।

गाईघाटबाट सुरु भई उक्त यात्रा मध्यान्न चौदण्डीगढीको बेल्टार-बसाहा हुँदै साँझ बेलका नगरपालिका पुगेको छ।टोलीलाई बेलुकाको बास कोशी टप्पु क्षेत्रमा व्यवस्थापन गरिएको छ। कार्यक्रममा उदयपुर र बाहिरी जिल्लाका गरी करिब २ सय जना साइकल यात्रीको सहभागित रहेको अध्यक्ष रोईलाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्