अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट

संखुवासभा, २५ माघ । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएको छ।

बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावर हाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन्। बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पावर हाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीनवटा बम विस्फोट भएको प्रहरीको भनाइ छ। बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए। विष्फोट किन र कसले गर्‍यो भन्ने अझै खुल्न सकेको छैन।

घटनास्थलमा प्रहरी र सेनाको व्यापक परिचालन गरिएको छ। पटकपटक बम विस्फोट भएपछि पुखुवामा सेना र प्रहरी सुरक्षाका लागि राखिएको थियो। बम विस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयले बताए। घटनास्थल सदरमुकाम खाँदबारीबाट ५ घण्टा टाढा पर्छ। सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको विस्तृत विवरण आइसकेको छैन। सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ।

यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ। भारत भ्रमणको समयमा बैशाख २८ गते  प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेको अरुण तेस्रोको शिलान्यास गरेका थिए। त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ। थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्