भाेजपुरमा नक्कली नाेट सहित तीनजना  पक्राउ

भाेजपुरमा नक्कली नाेट सहित तीनजना  पक्राउ

भोजपुर, २५ माघ ।  भाेजपुरमा नक्कली नाेट सहित तीनजना  पक्राउ परेका छन्  । जिल्ला प्रहरी कार्यालय भोजपुरले शुक्रवार डवली मेला भर्न आएका उनीहरुबाट ४ हजार नक्कली नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेले जानकारी दिए ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रमुख थेवेले वताए । अन्यको पनि संलग्नता हुने आंशकामा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । डवली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकोले प्रहरीले सवैलाई सजक रहन समेत आग्रह गरेको छ ।  प्रहरी उनीहरुको नाम भने खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्