उद्योग संगठन मोरङ स्थापनाको ५१ बर्ष, विश्रान्ति घाटमा बृक्षारोपण

उद्योग संगठन मोरङ स्थापनाको ५१ बर्ष, विश्रान्ति घाटमा बृक्षारोपण

विराटनगर, २५ माघ ।
उद्योग संठगन मोरङ स्थापनाको १५ बर्ष पुगेको अवसरमा हाटखोलाको विश्रान्ति घाटमा वृक्षरोपण गरिएको छ । वि.स.२०२४ साल माघ २५ उद्योगी जुद्ध बहादुर श्रेष्ठको नेतृत्वमा स्थापना भएको उद्योग संगठनले आफ्नो स्थापनाको अबवसरमा कार्यक्रम गरेको हो ।

संगठनका अध्यक्ष भीम घिमिरेले व्यवसायीको वर्गिय हित गर्दै उद्योग व्यवसायको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिँदै आएको बताए । उनले विभिन्न आरोह—अवरोहका बिच २०५२ साल पश्चात उद्योग संगठन फरक उचाई प्राप्त गरी सफल अग्रणी संस्था भएको दाबी गरे ।
उनले संगठनका पूर्व अध्यक्षहरुले संस्थाको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै निजि क्षेत्रको अग्रणी संस्थाको रुपमा स्थापित हुनुमा पूर्व अध्यक्षहरुले संगठनको गरिमा अभिवृद्धिका लागि पु¥याउनु भएको योगदान भएको स्मरण गरे ।
संगठनको सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा विपद व्यवस्थापन समितिका संयोजक सुबोध कोईरालाले संगठन स्थापना भएको अवसरमा परम विश्रान्ती घाटमा गरिएको वृक्षारोपणले जसरी मानिसलाई शितल छहारी प्रदान गर्दछ त्यसैगरी संगठनले समेत उद्योगी ब्यवसायीको छहारीको रुपमा काम गर्ने बताए ।
संगठनले स्थापनाको अबसरमा रुद्राक्षको बिरुवा, डालिया फूल, सयपत्री फूलका बिरुवाका साथै अन्य विभिन्न जातका वृक्ष तथा फूलहरु बृक्षरोपण गरिएको थियो ।
संगठनको स्थापना दिवसको अवसरमा आयोजित वृक्षारोपणमा पूर्व अध्यक्ष अशोक मुरारका, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, कार्यकारिणी सदस्य नन्दकिशोर राठी, संजय अग्रवाल, तारानाथ निरौला, बिपिन काबराका साथै उद्योगी बेनु गोपाल मुन्दडाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्