विराटनगरमा खुल्ला गजल प्रतियोगिता, खोटाङका भण्डारीको गजल पहिलो

विराटनगरमा खुल्ला गजल प्रतियोगिता, खोटाङका भण्डारीको गजल पहिलो

विराटनगर, २५ माघ ।
विराटनगरमा आयोजना भएको खुल्ला गजल प्रतियोगितामा खोटाङका छविलाल भण्डारी प्रथम भएका छन् ।
विएफएमको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा वाचन गरिएका २२ जना गजलकारलाई उछिन्दै भण्डारी प्रथम भएका हुन् । उनले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे ।

त्यस्तै भोजपुरकी घिमिरे लक्ष्मी उध्र्वगामी द्वितीय र सुनसरीकी राधा भट्टराई तथा भोजपुरका आयुष बुढाथोकी तृतीय भए । उनीहरुलाई नगद ३ हजार र १ हजार ५ सय नगदका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
देशभरबाट प्राप्त भएका ९६ गजलमध्ये वाचनका लागि २२ वटा गजल छानिएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । २२ वटा गजलमध्येबाट साहित्यकार दिङ्लाली कान्छो र बद्री भिखारीको निर्णायक समितिले पुरस्कृत गजलकार छनौट गरेको हो ।
समारोहमा वरिष्ठ संगीतकार एवं संगीत प्रशिक्षक कुशेश्वर राई र भ्वाइस अफ नेपालमा उत्कृष्ट हुने विजे थपलियालाई सम्मान गरिएको थियो । एफएमले गत वर्षदेखि संगीतसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा स्वर संगम संगीतालयका कलाकारहरुले वसन्त राग प्रस्तुत गरेका थिए ।
समारोहमा रमाप्रसाद रिजाल, देवी पन्थी, मधु पोखरेल, लावण्य सापकोटा, भरत गुरागाईं, रोमा निरौला, पूजा आराधना, एन्जिला पन्तलगायतले पनि अप्रतियोगी गजल प्रस्तुत गरे । हाँस्यकलाकार पारस थापाले हाँस्यब्यङ्ग्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्