विराटनगरका सडकमा हिड्नै नसक्ने हिलाे, हिउँदे झरी मै बर्खामासको झल्को (फोटो फिचर)

विराटनगरका सडकमा हिड्नै नसक्ने हिलाे, हिउँदे झरी मै बर्खामासको झल्को (फोटो फिचर)

विराटनगर, २५ माघ । विराटनगरमा शुक्रबार विहानदेखि परेको सिमसिमे पानीले दिनभर आम सर्वसाधरणको दैनिकी जिवनमा कष्टकर बन्यो । पानी परेर धुलोलाई मत्थर पारेको देखिएपनि हिउँदे बर्षाले असार साउनको झल्को दिन्थ्यो । बिराटनगरमा मनपरी खनिएको सडकका कारण सर्बसाधारणलाई आवत जावतमै समस्या देखिन्थ्यो ।

हाल विराटनगरमा भईरहेको विकास निर्माणको कामले थोरै पानी पर्दापनि चारै तिर हिलाम्मे भएको हो । अर्को तर्फ भर्खरै खनिएका सडक तथा नालाका कारण विराटनगरवासीलाई समस्या देखिन्थ्यो ।
महानगरपालिका भित्रका पूर्वाधार विकास अन्तर्गत ढल निकासका गर्न पाईप विछाउने तथा सडक चौडा बढाउने काम भईरहेको छ । विराटनगरको मेनरोड, अस्पतालचोकका सडक भत्काएपछि बाटोमा हिड्न समस्या परेको कोशी अञ्चल अस्पताल बाहिर औषधी व्यावसाय गर्दै आएका चौधरी फार्मेसीका विमल चौधरीले गुनासो गरे । महानगरपालिकाले बैकल्पिक सडकको ब्यवस्था नगरी सडक भत्काउँदा समस्या भएको छ ।
विराटनगरको कोशी अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यलय, महानगपालिका, तीनपैनी, शनीहाटको बाटो भएर हिड्ने जोकोही समस्यामा पर्दै आएका छन् । यता विराटनगरको मुख्य बजार, न्यूरो हस्पिटल , तीनटोलिया जाने सडक समेत खनिएका छन् । यी सडकमा आज परेको पानीले धेरैलाई समस्या पार्यो । कुनै बिकल्प बिना खनिएका सडकले आम सर्बसाधारणलाई सामान्य पानी पर्दा समेत हिलोका कारण हिड्नै नसक्ने अबस्था बनेको विराटनगर १० की संजु शाक्यले बताईन् ।
‘ चारैतिर एकै चोटी बाटो खनिदिएका कारण हामीलाई समस्या परेको छ, शाक्य भन्छिन् ‘ ‘अझ सामान्य पानी पर्दा समेत देखिएको अस्तब्यस्तताले हामी कुन अबस्थामा छौ भन्ने स्पष्ट पारेको छ ।’

तस्विर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्