सप्तरीमा करेन्ट र चटयाङ्ग लागेर दुई जनाको मृत्यु

सप्तरीमा करेन्ट र चटयाङ्ग लागेर दुई जनाको मृत्यु

सप्तरी, २६ माघ । सप्तरीमा अलग अलग दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ मा चटयाङ्ग लागेर एकको मृत्यु भएको हो। शनिबार पानीसँगै परेको चटयाङ्ग लागेर ४६ बर्षिय महाबिर खंग खत्वेको मृत्यु भएको छ। खेतमा काम गरीरहेका बेला चटयाङ्ग लाग्दा खंगको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस्तै, सप्तरीकै अग्निसाईर कृष्णाशवरण- ४ मा करेन्ट लागेर एकको मृत्यु भएको छ।कृष्णाशवरणका ४५ बर्षिय किसुनदेव शर्मालाई घरको विद्युत तार काट्ने क्रममा करेन्ट लागेको थियो। शर्माको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्