पाँचथर, २६ माघ । मन्तब्य राख्ने क्रममा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको मृत्यु भएकाे छ। फाल्गुन्नद गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारबाट इलाम पुर्याइएका नेम्बाङको मृत्यु भएकाे उनकाे परिवारले बताएकाे छ ।
इलामबाट सिधै काठमाडौं लैजाने तयारी हुँदै गर्दा ज्यान गएकाे हाे । शनिवार नियमित गाउँपालिकाको काम सुरु गरेका अध्यक्ष नेम्बाङ वडाले आयोजना गरेको क्षमता विकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरे पछि बेहोस बनेका थिए। उपचारका लागि इलाम अस्पता पुर्याउदा उनको अवस्था थप गम्भीर बनेका थिए । उनकाे ईलाममा उपचार हुन नसकेर काठमाडाै लैजानै लाग्दा ज्यान गएकाे पारिवारिक स्रोतले जनाएको छ ।