धरानमा मिसेस स्टेट १, दोस्रो सिजनकाे अभिभावक भेटघाट

धरानमा मिसेस स्टेट १, दोस्रो सिजनकाे  अभिभावक भेटघाट

धरान, २६ माघ । विवाहित महिलाहरुको प्रतिभा प्रस्फुटनका लागि वुमन वर्थ ग्रुपकाे आयोजनामा हुन लागेको मिसेस स्टेट १ दोस्रो सिजनमा छनौट भएकाहरुको अभिभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धरान १३ स्थित टिम्वरल्याण्ड रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा छनौट भएका प्रतिष्पर्धी र अभिभावकहरुको उपस्थिती रहेको थियो । प्रतिष्पर्धीका अभिभावकहरुलाई कार्यक्रमको विषयमा जानकारी गराउन अभिभावक भेटघाट कार्यक्रमको आयोजना गरिएको वुमन वर्थ ग्रुपका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिईन ।

भेटघाट कार्यक्रममा सहभागी अभिभावकहरुको जिज्ञासा आयोजकले प्रष्ट पारेका थिए । अडिसनबाट छनौट भएकाहरुको प्रशिक्षण आजैबाट सुरु भइसकेको वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले बताईन ।
सहभागीहरुलाई कार्यक्रम तालिका र प्रशिक्षणको बारेमा वुमन वर्थ ग्रुपका कोषाध्यक्ष रोजि ताम्रकारले जानकारी गराएकी थिईन ।  प्रतिष्पर्धीहरुलाई माघ २८ गते देखि बन्द प्रशिक्षणमा राखिने छ । मिसेस स्टेट १ दोस्रो सिजनमा बन्द प्रशिक्षणको क्रममा महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषण कला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, पर्यटन पवद्र्धन कक्षा, शिष्टाचार, स्टेज कभर र प्रस्तुति, सौन्दर्य कला, नृत्यकला तालिम, सकारात्मक सोच अभिवृद्धि विषयमा सम्वन्धीत जानकार तथा विज्ञहरु बाट तीन हप्ता प्रशिक्षण दिइनेछ ।

विजेताले नगद १ लाख रुपैया,   फस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्