विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपका लागि पूर्वाधारको तयारी सन्तोषजनक

विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपका लागि पूर्वाधारको तयारी सन्तोषजनक

विराटनगर, २६ माघ । नजिकिँदो साफ महिला च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारसँगै सडक निर्माण कार्य सन्तोषजनक रहेको एन्फाका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्वाङले बताएका छन्। शनिबार विराटनगरमा प्रचारप्रसार समितिको बैठकका क्रममा संयोजक नेम्वाङले च्याम्पियनसिपको पाचौं संस्करणलाई सभ्य र भव्य बनाउन आग्रह गरे।

प्रतियोगिता हुन करिब एकमहिनाको समयावधि रहेको अवस्थामा संयोजक नेम्वाङले शहीद रङ्गशालामा निर्माण भइरहेको भौतिक संरचना र आसपासका सडक निर्माण कार्यबाट आफूहरु सन्तुष्ट रहेको बताएका हुन्। तयारीका क्रममा खेलाडी, पदाधिकारीका लागि होटल व्यवस्थापनको कार्यपनि भइरहेको नेम्वाङले जानकारी दिए।

त्यसैगरि, बैठकमा प्रचार प्रसार समितिका संयोजक किरण राईले साफ लक्षित प्रचारप्रसारको कामलाई सुरु गर्न आवश्यक भएको बताए। उनले आन्तरिक रुपमा मात्र नभइ भारतको बिहार, सिलगढी, सिक्कीमसम्म प्रतियोगिताबारे जानकारी गराउनुपर्नेमा जोड दिए।

बैठकले प्रदेशका विभिन्न स्थानीय तहसँगै प्रदेश सरकारको सहकार्यमा कार्य अघि बढाउने जनाएको छ। यसक्रममा सुनसरीको कोशी गाउँपालिकादेखि मेचीनगरसम्म स्वागतद्वार निर्माण गरिनेछ।

फाल्गुन २८ गतेदेखि चैत्र ८ गतेसम्म हुने प्रतियोगिताको लागि समूह एमा नेपालसँगै बंगलादेश, भुटान र पाकिस्तान रहेकाछन्। समूह बीमा भारत, श्रीलंका र माल्दिभ्स रहेकाछन्।यसअघि भारतले प्रतियोगिताको चारपटक निरन्तररुपमा उपाधी हात पारेको छ। पहिलोपटक साफको आयोजना गर्ने अवसर पाएको नेपाल भने तिनपटक उपविजेतामा चित्त बुझाउन बाध्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्