लागूऔषध सहित विराटनगरबाट दुई जना पक्राउ

लागूऔषध सहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर, २६ माघ ।    विराटनगर महानगरपालिका- १४ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सुनसरी दुहबी नगरपालिका-३ बस्ने बर्ष २७ को दिपेन तामाङलाई लुपिजेसिक-५ एम्पुल, डाईजेल्याव-५ एम्पुल, एभिल-५ एम्पुल र फेनारागन-३ एम्पुल साथै धरान उप-महानगरपालिका-८ बस्ने बर्ष ३८ को गोपाल योन्जनलाई स्पास्मोप्रोक्सिभोन क्याप्सुल-७२ पिस र नाईट्रोजन ट्याव्लेट-२० चक्की सहित पक्राउ गरेको हो । उनीहरुलाई दिउँसो  लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी रानीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्