संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न कानुन मन्त्री ढकालको आग्रह

संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न कानुन मन्त्री ढकालको आग्रह

विराटनगर, २६ माघ । कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले संघीयता कू गर्न नभई कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

उनले संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न आग्रह समेत गरे । विराटनगरमा आयोजना गरेको पत्रकार सम्म्ोलनमा मन्त्री ढकालले संघीयता सबैले लडेर ल्याएको व्यवस्था भएको बताउदै संघीयता कार्यान्वय गर्ने बिषयमा सरकार संवेदनशील भएर लागेको बताए ।
उनले संघीयता समृद्ध गर्ने बिषयमा अधिकारको बाँडफाडको बिषयको सन्र्दभमा सरकारले कुनै आदेश वा अध्यादेश नल्याएर प्रस्ताव मात्र ल्याएको बताए । शुक्रबार मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधानले व्यवस्था गरे अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिने बिषयमा सरकारले ती निकायहरुलाई कमजोर पार्ने र पुराना संरचनालाई बलियो बनाउने काम भइरहेको बताए । पार्टी अध्यक्षको भनाई प्रति लक्षित गदै मन्त्री ढकालले अधिकार बाँडफाडको बिषयमा सिडियोलाई अधिकार दिने,प्रदेश प्रहरीको अधिकार बाँडफाड लगायतका बिषयमा पार्टी भित्र र बाहिर छलफल चलिरहेकोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्