विराटनगरको गुरुकुलमा जारी मुनामदन दर्शको मनजित्दै

विराटनगरको गुरुकुलमा जारी मुनामदन दर्शको मनजित्दै

विराटनगर, २७ माघ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा गत मंगलबादेखि मञ्चन भइरहेको मुनामदनले दर्शकको मन जित्न सफल भएको छ ।
हरेक दिन दुई शो मञ्चन भइरहेको नाटक हेर्न विराटनगरसहित ग्रामीण क्षेत्रबाट समेत दर्शकको ओइरो लागेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ ।

विद्यालय र कलेलहरुले अग्रिम शो बुकिङ गरेर विद्यार्थीहरुलाई नाटक देखाइरहेका छन् । नाटकाई फागुन २ गतेसम्म मञ्चन गर्ने योजना भए पनि दर्शकको अत्यधिक भीडका कारण केही दिन लम्बिन सक्ने आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृतिमा आधारित नाटकको संवाद लेखन युवा साहित्यकार कट्वाल दीपकले गर्नु भएको हो भने निर्देशन सविन कट्टेलले गर्नुभएको छ । आजको शो मा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, हिसान मोरङका अध्यक्ष बलराम पन्त, समाजसेवी अजिता बराल, रञ्जिता पराजुली, विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीलगायत अतिथि दर्शकका रुपमा उपस्थित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्