तीस वर्षपछि पहिलोपटक झापामा राष्ट्रिय हक्की प्रतियोगिता शुरु

तीस वर्षपछि पहिलोपटक झापामा राष्ट्रिय हक्की प्रतियोगिता शुरु

भद्रपुर, २६ माघ । तीस वर्षपछि पहिलोपटक पूर्वक्षेत्रमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता आजबाट शुरु भएको छ । भद्रपुरस्थित मेची रङ्गशालामा गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिता शुरु भएको हो ।नेपाल हक्की सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा शुरु भएको प्रतियोगितामा छ प्रदेशसहित विभागीय टोली नेपाल आर्मीले भाग लिएका छन् ।

आज भएको उद्घाटन खेलमा प्रदेश नं ३ लाई ८–१ ले पराजित गरी गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीका तर्फबाट रोमन रानाले ३, सोभरत्न कुँवरले २ तथा सागर आचार्य, थमन घर्ती र पिताम्बर मगरले समान १÷१ गोल गरे भने प्रदेश नं ३ का तर्फबाट वन्जान घिमिरेले १ गोल गरेका थिए ।

त्यस्तै, प्रदेश नम्बर १ र २ बीच भएको दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गियो भने तेस्रो खेलमा नेपाल आर्मीले प्रतिष्पर्धी प्रदेश नं ५ लाई ८–१ गोल अन्तरले पराजित ग¥यो । विजयी टिम नेपाल आर्मीका तर्फबाट दिपेन्द्र ऐरले ५ र राम साहले ३ तथा उपविजेता टिम प्रदेश नम्बर ५ का आनन्द बडेलले १ गोल गरेका थिए ।

नेपालमै ओझेलमा परेको हक्की खेलको प्रोत्साहनसँगै प्रदेशस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको नेपाल हक्की सङ्घका सचिव रञ्जन थापाले बताउनुभयो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने हक्कीका प्रमुख प्रशिक्षक बाबुराम नेपालले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्