धादिङमा तीब्र गतिको बस पर्खालमा ठोक्कियो, १४ जना घाइते

धादिङमा तीब्र गतिको बस  पर्खालमा ठोक्कियो, १४ जना घाइते

धादिङ, २६ माघ । धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।
बसमा ३५ यात्रु सवार थिए । घाइते तीनलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ ।
घाइते अन्य ११ को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक ३५ वर्षीय शिव सिलवाललाई प्रहरीले निगरानीमा राखेर ट्रमा सेन्टरमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्