भारतमा विषालु मदिरा पिउँदा ६० जनाको मृत्यु

<span class='c1'>भारतमा विषालु मदिरा पिउँदा</span> <span class='c2'>६० जनाको मृत्यु</span>

एजेन्सी । उत्तर प्रदेशको दुई जिल्ला र उत्तराखण्डको रुडकीमा विषालु मदिरा पिउँदा दजनौंको मृत्यु भएको छ । अहिले पनि थुप्रै मानिस मृत्युसँग संघर्षरत छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिलेसम्म मृतकको संख्या ६० नाघेको छ । जसमध्ये सबैभन्दा धेरै सहारनपुरका छन् । त्यहाँ मात्र ४६ जनाको मृत्यु भएको छ । जिल्ला अधिकारी आलोक पाण्डेय र पुलिस अधिक्षक दिनेश कुमार पीले संयुक्त वक्तव्य जारी गर्दै मृतकको संख्या बताएका हुन् । यो आंकडा बढ्ने अनुमान छ । उत्तराखण्डको रुडकीमा पनि विशालु मदिराका कारण १४ जनाको मृत्यु भएको छ ।

सहारनपुरको नागल, गागलहेडी र देवबन्द थाना क्षेत्रका कयौं गाउँमा दर्जनौं मानिस मृत्युसँग संघर्षरत छन् ।राज्यका डीजीपी ओपी सिंहका अनुसार सहारनपुरमा मानिसहरुले पिएको यो मदिरा उत्तराखण्ड राज्यबाट ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्