विराटनगरका सडकमा सवारीका दुर्दशा, विकासको काम घेराबन्दीमा नगरवासी

विराटनगरका सडकमा सवारीका दुर्दशा, विकासको काम घेराबन्दीमा नगरवासी

प्रेम देवान ।
विराटनगर, २७ माघ । विराटनगरमा निर्माण भएका सडक दुई दिनको बर्षा कारण अस्त ब्यस्त भयो । यसको एउटै कारण हो विराटनगर महानगरपालिका भित्र भईरहेको अव्यस्थित विकास निर्माण ।

विराटनगर १२ का सम्भु मझियाले आफ्नो को १ ह ६८२३ नम्बरको सिटी रिक्सा तैनिपैनीबाट जलजल चोकसम्म ल्याउन झन्डै आधा घन्टा नै समय लाग्यो । अन्य बेला ५ मिनेटदेखि बढीमा १० मिनेट भित्र पुग्ने यो सडकमा आईतबार उनलाई यतिका समय लागेको हो । विराटनगरमा शुक्रबार र शनिबारको बर्षाका कारण निर्माण हुँदै गरेको सडकका कारण हिड्नै नसक्ने अबस्था आएको हो ।
यतिबेला आम विराटनगरवासीको आक्रोश अव्यस्थित रुपमा बन्दै गरेको सडक तथा ढल निर्माणका कार्यप्रति छ । विकास निर्माणको कार्यमा हेलचेक्र्यााई गरेको  आराेप विराटनगर ८ मा कपडा व्यावसाय गर्दै आएका विवेक रायको छ । उनको पसल मेनरोडमा छ । उनको घर विराटनगर १ मा रहेका कारण उत्तरी भेगबाट आउनुपर्छ तर मेनरोडमा खनिएका सडकका कारण हिँड्नै मुस्किल छ ।
अहिले तिनपैनी दक्षिण तर्फको मेनरोड खनिँदैआएको छ । ठेकेदार कम्पनीले वैकपिल्क सडककाे ब्यवस्थापन नगर्दा नगरवासी  समस्यामा छन्  । ठेकेदार कम्पनीले   चारै तिर सडक भत्काएपछि  नगरवासी घरबाट हिँड्यो कहाँ पुगेर फर्किनु पर्ने हो भन्ने समस्या भएको बताउँछन् ।
घरबाट नयाँ र चिटिक्क परेका कपडा लगाएर निस्किए को नगरवासी फर्किँदा हिलो र धुलोका कारण समस्या अर्कै रुपमा फर्कनु परेकाे गुनासाे गर्छन् ।
विराटनगरका चन्द्र उपाध्यका अनुसार, विराटनगरका सडक भत्काउँदा नगरवासीको समस्या बुझ्ने कोही भएन । उनले बाईपासको रुपमा कुनै सडक नबनाईदिँदा तिनपैनी चोक उत्तरका सर्बसाधारणलाई दक्षिण पुग्नको लागि यातना जस्तै भएको बताए । उनले भने, ‘हामी नगरवासीले विकासको विरोध गरेका छैनौ तर हिड्ने सडकको बैकल्पिक ब्यवस्था गरेको भए राम्रो हुन्थ्यो ।’
बिराटनगरको तिनपैनी देखि वडा प्रहरी कार्यालय, शनीहाट चोक देखि हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय देखि गोल्छाचोक सबैतिर सडक एकै पटक भत्काईएको छ । यि सडक भत्काउँदा सर्बसाधारण कि धरान रोड निस्किएर धुलोका बिच हिड्नु पर्ने बाध्यता छ कि त्यही बिच बाट नै हिड्नु पर्ने बाध्यतामा रहेको बिराटनगरकी ज्वाला दाहाल बताउँछिन् ।
सडक बनाउने क्रममा बिराटनगरको मेनरोडढ भत्काउन थाल्दा जलजलासम्मको अस्पताल रोडको सडक भत्काउनै नहुने स्थानीयको भनाई छ । कि अस्पताल रोड बनाएपछि मात्र मेन रोड बनाईनु पर्ने उनीहरुको भनाई छ । पछिल्लो दुई दिनको बर्षाको कारण देखिएको समस्यालाई मात्र मध्यनजर गर्ने हो भने हिलोका कारण धेरैले सास्ती पाएका छन् ।
यसरी भत्काईएको मेनरोडको सडक महानगरले आगामी २०७६ असार अन्तिमसम्म सक्ने तयारी गरेको जनाएको छ । सडक बनाउँदै गर्दा भत्काईएको सडकलाई ब्यवस्थित गर्ने बारेमा पनि महानगरले ध्यान दिनु पर्ने महानगरवासीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्