विराटनगरको न्युरो हेल्थ कलेजमा सरस्वती पुजा, शिव बिद्या मन्दिरमा २५ अभिभावक पुरस्कृत

विराटनगरको न्युरो हेल्थ कलेजमा सरस्वती पुजा, शिव बिद्या मन्दिरमा २५ अभिभावक पुरस्कृत

बिराटनगर, २७ माघ ।
माघ शुक्लपञ्चमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी न्यूरो हेल्थ कलेजमा आइतबार भव्य रुपमा मनाईएको छ ।
न्यूरो कलेजका बिद्यार्थीले एक समारोहकावीच आफनै कलेजको प्राङगणमा भब्य रुपमा सरस्वती पुजा गरेको हो । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्टको सभापतित्वमा कार्यक्रम भएको हो ।
पुजामा करिब दुईसय विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

शिव बिद्या मन्दिरमा २५ अभिभावक पुरस्कृत
यसैबिच, शिव विद्या मन्दिरका शिक्षक तथा बालबालिकाले एक समारोहका बिच सरस्वती पूजागरी मनाएको छ । बिद्यालयले सरस्वती पुजाको अवसर पारेर बिद्यालयका संस्थापकद्वय देवानन्द यादब र राजेश भगतले विद्यालयमा अध्ययनरत २५ जना बालबालिकाका अभिभावकलाई बिभिन्न बिधामा सम्मान गरेको हो ।
एक थान मोबाइल, ४ थान कापी, १० थान ब्याग, घडि सहित अभिभावकहरुलाई सम्मान एवम पुरस्कृत गरेको छ । विराटनगर महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष तिर्थेन्द्र नेउपानेले यस बिद्यालयले पठनपाठन संगै अतिरिक्त क्रियाकलाप निकै उदाहरणिय रहेको बताए । शिव विद्या मन्दिरले हाल ५ अनाथ बालबालिकालाई पढाउँदै आएको तथा नयाँ शैक्षि सत्रदेखि १० जना अनाथ बालबालिकालाई पढाउने बिद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्