विराटनगरमा बनाए कलाकारले यस्ता चित्र, ८० वटा चित्र प्रर्दशनीमा

विराटनगरमा बनाए कलाकारले यस्ता चित्र,  ८० वटा चित्र  प्रर्दशनीमा

विराटनगर, २७ माघ । विराटनगरमा लामो समयपछि प्रदेश स्तरीय चित्रकला प्रर्दशनी भएको छ । ललित कला संगमको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हर्टको सहयोगमा माघ २६ र २७ गते विराटनगरको नमस्कार होटलमा चित्रकला प्रर्दशन गरिएको हो ।
चित्रकला प्रर्दशनीमा १४ जिल्लाका ४४ जना कलाकारहरूले तयार पारेको ८० वटा चित्रहरू प्रर्दशनीमा राखिएको ललित कला संगम विराटनगरकी अध्यक्ष अनुराधा थापाले जानकारी दिईन् ।
‘कलाको सम्मान र उनीहरूको प्रतिभा उजागर गर्न चित्रकला प्रदर्शनी गरिएको थियो । चित्रकलामा विराटनगरलाई चिनाउने तस्विर तथा आकृतिहरु बनाईउका थिए ।
प्रर्दशनीबाट करिब एक लाख बराबरको हातले बनाईएका चित्रहरु विक्री भएका थिए । यस अघि २०५८ सालमा विराटनगरमा राष्ट्रिय स्तरको कला कार्यशाला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्