कालाजारको नयाँ बिरामी भेटियो

कालाजारको नयाँ बिरामी भेटियो

सप्तरी,२७ माघ ।  सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन।कालाजारबाट सङ्क्रमित छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदा उपचारबाट वञ्चित भएका हुन्। उपचार निःशुल्क हुने थाहा पाएर एक हप्ताअघि अस्पताल आउनुभएका सदा घर फर्किएका छन्।

चार वर्षयता कालाजारको सङ्क्रमित फेला नपरेका कारण अस्पतालले औषधि नराखेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए। “नयाँ सङ्क्रमित फेला परेपछि औषधि मगाएका छौँ”, उनले भने। सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने सरकारको लक्ष्य छ।

जिल्लामा यसअघि २०७२ साल वैशाख २२ गते बेल्ही चपेना–८ की २४ वर्षीया रीतादेवी राममा कालाजारको सङ्क्रमण देखापरेको थियो। विसं २०६३ देखि हालसम्ममा जिल्लामा कालाजारका १५६ सङ्क्रमित फेला परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्