विराटनगरको भोलेबाबा ट्रेडर्समा राजश्व अनुसन्धानको छापा

<span class='c1'>विराटनगरको भोलेबाबा ट्रेडर्समा</span> <span class='c2'>राजश्व अनुसन्धानको छापा</span>

विराटनगर, २७ माघ ।
विराटनगर–५ स्थित भोलेबाबा ट्रेडर्समा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । भोला गुटकाको सुपर स्टकिस्टका रुपमा रहेको सो ट्रेडर्समा आज साँझ राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले छापा मारेको हो ।
राजस्व अनुसन्धानको इटहरी कार्यालय प्रमुख बेदराज फुयालको नेतृत्वको टोलीले विराटनगर–५ त्रिमूर्ति मार्गस्थित ट्रेडर्सको गोदाम र कार्यालयमा छापा मारेको हो । सो क्रममा राजस्वको टोलीले ट्रेडर्सको बिलबिजक र कागजपत्र नियन्त्रणमा लिएको छ ।
राजस्व छली गरेको सूचनाका आधारमा छापा मारिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख फुयालले जानकारी दिए । उनले थप छानबिनका लागि डिलरको कार्यालयमा रहेको कागजपत्र नियन्त्रणमा लिइएको बताए । किसन बोहरा र विजय मालपानीले संयुक्त रुपमा सञ्चालन गरेको ट्रेडर्सले भोला गुटका साथै करेन्ट चाउचाउ र मसलाको डिलरका रुपमा कारोबार गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्