विराटनगरमा टिप्पर आतंक, स्थानीय भन्छन् ‘राती आठ बजेपछि मात्र चलाउ’

विराटनगरमा टिप्पर आतंक, स्थानीय भन्छन् ‘राती आठ बजेपछि मात्र चलाउ’

विराटनगर, २७ माघ । विराटनगरमा आज विहान ट्रिपरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ ।
विराटनगरको बरगाछीचोकमा ट्रिपरले ठक्करदिंदा कटहरी गांउपालिका २ का ५० बर्षिय लगनलाल राजवंशीको मृत्यु भएको हो । बरगाछीचोकमा पश्चिमबाट दक्षिणतर्फ मोडिन लागेका राजवंशीलाई चोकको पूर्वबाट दक्षिणतर्फ जान लागेको टिपरले ठक्कर दिएको थियो । को १ ख ७०९२ नम्बरको टिपरबाट ठक्कर लागेर सडकमा ढलेका राजवंशीलाई सोहि टिपरको पछाडिको चक्काले किचेको प्रत्यदर्शीले बताएका छन । घटनापछि आक्रोशित स्थानीयवासीले भीडभाड हुने समयमा मुख्य सडकहरुमा ट्रिपर चलाउन रोक लगाउन माग गरेका छन । स्थानीय राजेश श्रेष्ठले बिहान ५ बजे र बेलुका ८ बजेपछि मात्र ट्रिपर चलाउन पाउने नियम बनाउनुपर्ने र त्यसलाई कडाइका साथ पालन गराउनुपर्ने बताए ।
ट्रिपर र चालक इटहरी नगरपालिका १३ का ५६ बर्षिय नुना सरदारलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । मृतक राजवंशीको शव पोष्टमार्टम पछि आफ्न्तलाई जिम्मा लगाई सकिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्