मेयरको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते

मेयरको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते

भोजपुर, २८ माघ । भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते भएका छन्। स्कुलमा सरस्वती पुजा गरेर फर्कदैँ गरेका ११ वर्षीय सूर्य राई गम्भीर घाइते भएका हुन्। अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षीय  गोकुल भुजेलले चलाइरहेको मेयरको २९ प ३३५४ नम्बरको  मोटरसाइकलले राईलाई ठक्कर दिएको हो। टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्ण घर भएका राई सदरमुकाममा बसेर बढ्दै थिए।

आइतबार अपरान्ह साढे ४ बजेतिर स्थानीय युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी कक्षा २ मा अध्ययनरत सूर्यलाई भोजपुर नगरपालिका ७, बैङ्करोडमा मोटरसाइकलले ठक्कर दिएको हो।  भुजेलको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी  केशवकुमार थेबेले जानकारी दिए।

आफुलाई मेयरको प्रेस सल्लाहकार बताउने भुजेलले चलाएको मोटरसाइकलले ठक्कर दिए लगत्तै बालकलाई उपचारका लागि नजिकैको फार्मेसीमा पुर्याइएको थियो। उपचारको क्रममा बालकको टाउकोमा ६ टाँका लगाइएको बालककी आमा गोमा राईले जानकारी दिइन्।  बालकलाई ठक्कर दिएर भागेको स्थानीयको भनाइ छ। दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल र चालक भुजेललाई मेयर आलेको निजी निवासबाट नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्