एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता

एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता

काठमाडौं, २८ माघ । मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो ।

केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको बताए । हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्यांकले देखाएको छ । तथ्यांकमा १ हजार ४ सय ९ जना बालिका मात्रै हराएको देखिएको छ । जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरु बढी हराएको तथ्यांकले हदेखाएको छ ।

पाँच वर्षसम्मका १३ जना, ६ देखि १० वर्षसम्मका ३३ जना, ११ देखि १४ वर्षसम्मका ४ सय ५ जना र १५ देखि १८ वर्ष उमेर सम्मका ९ सय ५८ गरी १ हजार ४ सय ९ जना बालिका मुलुकबाट बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्