चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि शुरु हुने

<span class='c1'>चौथो भोजपुर ट्रेल रेस फागुन</span> <span class='c2'>४ गतेदेखि शुरु हुने</span>

भोजपुर, माघ २८ गते । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ ।  मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी भोजपुरले जनाएको छ । रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ ।

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र विस्तारका लागि नीति नै बनाएर लाग्ने बताउनुभयो । मीरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्वसमक्ष देशको नाम चिनाउन सफल भएकाले मीराको नाममा बहुउद्देश्य रङ्गशालासँगै सामुदायिक भवनसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्