भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोन घोषणा

भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोन घोषणा

भोजपुर, माघ २८ गते ।

भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो ।

आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्नुभएको हो । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशासनको सहयोगमा इन्टरनेट सेवा विस्तार गरिएको हो । क्याम्पसमा इन्टरनेट सेवा जडान गरिएपछि अध्ययन अध्यापनसँगै प्रशासनिक गतिविधि सञ्चालन गर्न सहज भएको भोजपुर बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख उत्तमसिं राईले जानकारी दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्