विराटनगर, २८ माघ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवाबाट प्रहरीले आइतवार साँझ जवरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले करणीको आरोपमा सोही स्थान बस्ने वर्ष ४१ को राजन कार्कीलाई  पक्राउ गरेको हो । कार्कीले गते माघ २५ गते १५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भन्ने वालिकाको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस