बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा हतियार प्रहार, पाहुना सहित तीनजना घाईते

बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा हतियार प्रहार, पाहुना सहित तीनजना घाईते

ताप्लेजुङ, २८ माघ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गएराती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हुँदा साेही स्थानका बर्ष २२ को बिश्व सेङदान, बर्ष १७ को सरोज सेङदान र बर्ष १९ को मिखे तामाङ लगाएत ४/ ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गरेकाे प्रहरीले जनाएकाे छ ।  पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा गम्भिर चाेट लागेकाेले   तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्