विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४  पक्राउ

विराटनगरकाे  छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४  पक्राउ

विराटनगर,२८ माघ ।  विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले  लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१० सन्सारी माईस्थानबाट प्रहरीले लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका-१ बस्ने बर्ष २७ को विशुन प्रताप साह र सिन्धुली मरिण गाउँपालिका-४ बस्ने बर्ष २४ को सुरेश माझीलाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट-३ हजार ट्याब्लेट फेला परेको थियो । बरामद लागूऔषध सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित तेह्रथुम लालिगुरास नगरपालिका-२ बस्ने बर्ष २७ को पुष्प बहादुर खड्कालाई लुपिजेसिक-१८ एम्पुल, डाईजेल्याव-१८ एम्पुल, एभिल-६ एम्पुल, फेनारगन-१८ एम्पुल र सोही नगरपालिका बस्ने २६ को राम बहादुर गुरूङलाई स्पास्मोप्रोक्सिभोन ट्याब्लेट-८ चक्की र नाईट्रोजन ट्याप्लेट २० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई  इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्