अदुवाले राम्रो मूल्य पाउन थालेपछि पाँचथरका किसान खुसी

अदुवाले राम्रो मूल्य पाउन थालेपछि पाँचथरका किसान खुसी

पाँचथर माघ २८ । अदुवाले राम्रो मूल्य पाउन थालेपछि पाँचथरका किसान खुसी भएका छन् । गत वर्ष प्रतिमन आठ सयमा अदुवा विक्रि गरेका किसानले यस वर्ष तीन हजार रुपैयाँसम्म पाएका छन् ।

तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादित अदुवा भारततर्फ निकासीमा सहज भएसँगै किसानले तेब्बर मूल्य पाएका हुन् । अघिल्ला वर्ष भारतले मुख्य सिजनमा काकडभिट्टा नाकाबाट अदुवा निकासीमा अबरोध गर्दै आएका थियो । तर, नेपाल–भारतबीच भएको व्यापार सम्झौतामा ‘क्वारेन्टाइन’ हटाउने निर्णयपछि विना जाँच अदुवा भारत निकासी भइरहेको छ ।

पाँचथरमा वार्षिक १० हजार ४ सय ६२ मेट्रिक टनसम्म अदुवा उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । भारतीय बजार सुनिश्चित नहुँदा किसानले अदुवा खेती घटाएका थिए । अघिल्लोभन्दा यस वर्ष अदुवाको उत्पादन ३० प्रतिशतले घट्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्