आफ्नै नातिनीलाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परे

आफ्नै नातिनीलाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परे

आफ्नै नातिनीलाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । गुल्मीको मालिका गाँउपालिकाका ७० वर्षे वृद्धले आफ्नै १३ वर्षीया नातिनाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबा कान्छि श्रीमति ल्याएर अन्तै बस्ने गरेको अवस्थामा सो घटना घटेको थियो । घटना घटेसंगै बालिकाले आफुमाथि हजुरबुबाले गरेको कर्तुत बाबुलाई भनेकी थिइन् । जसपश्चास केस प्रहरी सम्म आएको थियो जिल्ला प्रहरी कार्यालय गुल्मीले भन्यो ।

१३ वर्षीया बालिकालाई वृद्ध हजुबुवाले खुकुरी देखाउँदै पटकपटक बलात्कार गर्ने गरेको भन्ने पिडितको उजुरी पछि ति वृद्धलाई प्रहरीले भारतको आशामबाट पक्राउ गरेको हो । वृद्धमाथि अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ । प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्