विराटनगरको न्यूरोमा एक दिने अर्थोपेडिक कार्यशाला हुने

विराटनगरको न्यूरोमा एक दिने अर्थोपेडिक कार्यशाला हुने

विराटनगर, २९ माघ ।
अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे“ २४ औं राष्ट्रिय सम्मेलन अर्थोकोन २०१९ पहिलो पटक विराटनगरमा हुने भएको छ ।

विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर नविनकुमार कर्णले यही फाल्गुन २ र ३ गते २४ औं अर्थोकोन २०१९ हुन लागेको जानकारी दिए ।
अर्थोकोन २०१९ का आयोजक समितिका संयोजक समेत रहेका डा.कर्णले २४ औं अर्थोकोन २०१९ को अवसर पारेर न्यूरो कार्डियो एण्ड मल्टि स्पेसियालिटि हस्पिटलमा फाल्गुण १ गते एक दिने प्रि कन्फ्रेन्स वर्कसप हुने जानकारी दिए ।
कार्यक्रममा नेपाल भित्रका ३० भन्दा धेरै अर्थोपेडिक सर्जनहरुको सहभागिता हुने छ । कार्यक्रममा नेपाल , भारत, अमेरिका लगायतका १५ बढी बरिष्ठ अर्थोपेडिक सर्जनहरुले सम्बोधन गर्ने डा कर्णले बताए ।
न्यूरो अस्पतालमा हुने वर्कसप अर्थोस्कोपी उपचार प्रक्रिया सम्बन्धी हुने जनाइएको छ । न्यूरो अस्पतालले विगत केहि वषर््ादेखी अर्थोस्कोपी प्रविधिबाट घुँडाको शल्यक्रिया तथा जोर्नी प्रत्यारोपण सफलतापूर्वक गर्दै आएको सन्दर्भमा यस्ता खालका वर्कसपले अर्थोस्कोपी प्रविधी तथा जोर्नी प्रत्यारोपणमा अझ सचेतना फैल्याउन मद्दत पुग्ने डा. कर्णले बताए ।
हालसम्म न्युरो अस्पतालबाट गरिएको यस प्रविधिको शल्यक्रियाबाट करिव ५१ जना हाडजोर्नी सम्बन्धि बिरामीहरुले लाभ लिईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्