बीपी प्रतिष्ठान गेट बाहिर नेपाली सेनाको शव

बीपी प्रतिष्ठान गेट बाहिर नेपाली सेनाको शव

धरान, २८ माघ। नेपाली सेनामा कार्यरत एक युवाको शव धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ । धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको शव बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिरमा भनेर उनी घरबाट हिडेका थिए । उनी धनकुटास्थित नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।
घटना स्थल बीपी प्रतिष्ठानको आवास क्षेत्र पश्चिम र डिपोट स्कुल दक्षिणमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्