वेलवारीमा शिक्षक संघको प्रशिक्षण, पार्टी र संघबिचमा समन्वय हुनुपर्नेमा जोड

<span class='c1'>वेलवारीमा शिक्षक संघको प्रशिक्षण, पार्टी</span> <span class='c2'>र संघबिचमा समन्वय हुनुपर्नेमा जोड</span>

वेलवारी, २८ माघ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस समर्थक शिक्षक र कांग्रेसका नेताहरुबीच अन्तरक्रिया भएको थियो । कांग्रेस नेता एवं सांसद लोकप्रसाद संग्रौला, शेखरचन्द्र थापा, सूयर्माराज राई, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, कांग्रेस महासमिति सदस्य बसन्त भट्टराई, ललित श्रेष्ठ, जिल्ला कोषाध्यक्ष गोपालबहादुर थापा लगायतले पार्टीलाई गाउँ–गाउँमा मजवुत बनाउँने काममा नेपाल शिक्षक संघको भूमिका खेल्नु पर्ने बताए ।
त्यस्तै नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्ष केशव निरौला, १ नम्बर प्रदेश महासचिव ऋषिकेश कोईराला, जिल्ला अध्यक्ष शिवराज कोईराला, कार्यक्रमका अध्यक्ष एवं शिक्षक सुरेन्द्रराज काफ्ले, शिक्षकहरु श्रवणकुमार खवास, रुपनारायण भट्टराई लगायतले पार्टी र शिक्षकसंगवीच समन्वयको खाँचो रहेको बताए ।
सोही अवसरमा नेपाल शिक्षक संघको पेशागत मुद्दाहरु र नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि एवं सिद्धान्तका विषयमा प्रा.डा.अनिल पोख्रेल र केशव निरौलाले शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्