बुढासुब्बा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस सेमिफाईनलमा

बुढासुब्बा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस सेमिफाईनलमा

धरान, २९ माघ ।
धरानमा जारी २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १६ प्रादेशिक रंगशालामा भएको दोस्रो दिनको प्रतियोगतामा पुलिसले सहारा क्लब पोखरालाई सडेन डेथमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समय अवधिभर दुवै टिमबाट एक÷एक गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि बराबरी भए पछि सडेन डेथमा धकेलिएको थियो । सडेन डेथमा पुलिसका भरत साहको प्रहार गोलमा परिणत भएको थियो भने सहाराका तर्फबाट अञ्जन देवकोटाले हानेको बल बाहिरिएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका निरकुमार राई घोषित भए । उनले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारे । भोलिको खेल धरान फुटबल क्लब र भारतको कलकत्ता बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्