विराट फुटवेयर एक्सपोमा तीनसातामा एक करोड बढीको कारोवार

विराट फुटवेयर एक्सपोमा तीनसातामा एक करोड बढीको कारोवार

विराटनगर, २९ माघ ।
विराटनगरमा जारी विराट फुटवेयर एक्स्पोमा तीनसातामा १ करोड रुपैया बराबरको जुत्ताचप्पल विक्री भएको छ । विराटनगरको मेनरोडमा गएको ९ गतेबाट शुरु भएको १ महिने जुत्ताचप्पल मेलामा २० दिनमा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको मेला आयोजक समितिले जनाएको छ ।

मेला संयोजक होमनाथ उपाध्यायले २० दिनको अवधिमा १ करोड मूल्य बराबरको ३५ हजार जोर जुत्ताचप्पल विक्री भएको बताएका छन् । उनले स्वदेशी फुटवेयर उद्योगका गुणस्तरिय उत्पादनप्रति आम उपभोक्ताको चासो दिनानुदिन बढदो रहेको समेत जानकारी दिए । स्वदेशी उद्योगका उत्पादनहरुप्रति उपभोक्ताको रुझानले विदेशी जुत्ताचप्पलको आयातलाई समेत निरुत्साहित गर्ने उनको भनाई छ । एक्स्पोमा सहभागि देशभित्रका १० वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन विक्री गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्