ईटहरीमा निशुल्क पढाउने शिक्षकबाँडे शैक्षिक सामाग्री

<span class='c1'>ईटहरीमा निशुल्क पढाउने</span> <span class='c2'>शिक्षकबाँडे शैक्षिक सामाग्री</span>

ईटहरी, २९ माघ ।
इटहरीको टेगां खोला किनाराको खुल्ला ठाउँमा विद्यार्थीहरुलाई निःशुल्क पढाउँदै आएका चन्द्र भण्डारीले पढाउने पिपलबोट खुल्ला विद्यालयको नामले चिनिने २५ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शिक्षित बनाउने उद्देश्यसहित भण्डारीले निःशुल्क रुपमा पढाउन थालेको २५ वर्ष पुगेको अवसरमा विद्यार्थीहरुलाई कापी, कलम र पेन्सील वितरण गरिएको हो । उनले पढाउने ठाँउ पिपलबोटे खुल्ला विद्यालयको नामले समेत चिनिन थालेको छ ।
शिक्षक भण्डारीले पढाउने पिपलबोटे खुल्ला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षक भण्डारी र उनले श्रीमती शावित्रा भण्डारीले शैक्षिक सामग्री वितरण गरे । भण्डारीले खुल्ला ठाउँमा पढाउन थालेको २५ वर्ष पुगेको अवसर पारेर निरौला सेवा समाजले हाल अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउने ट्याकसुट उपलब्ध गराएको छ ।
समाजका अध्यक्ष भोला निरौला र सचिव युगप्रिय निरौलाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । त्यसैगरी भण्डारीलाई शारदा निरौलाले पिपलबोटे खुल्ला विद्यालय लेखिएको वोर्ड उपलब्ध गराउनुभयो । २५ वर्षदेखि भण्डारीले पुर्व पश्चिम राजमार्गसंगै रहेको इटहरीको टेग्रां खोला किनारामा विद्यार्थीहरुलाई निशुल्क रुपमा ट्युसन पढाउँदै आएका छन् । भण्डारीसँग इटहरी क्षेत्रका विपन्न समुदायका कक्षा १ देखि ८ कक्षासम्मका बालबालिकाहरु पढ्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्